काठमाडौँ। नेपाल प्रज्ञा(प्रतिष्ठानले संस्कृतिविद् सत्यमोहन जोशीको निधनले अत्यन्त मर्माहत भएको जनाएको छ।
प्रतिष्ठानका पूर्वसदस्य सचिव तथा आजीवन सदस्य रहेका जोशीको एक सय तीन वर्ष पाँच महिनाको उमेरमा आइतबार बिहान निधन भएको थियो।प्रतिष्ठानका निमित्त कूलपति डा जगमान गुरुङ र निमित्त सदस्य सचिव प्राडा। हेमनाथ पौडेलले आज जारी गरेको शोक विज्ञप्तिमा जोशी नेपाली भाषा तथा नेपाल भाषा, साहित्य र संस्कृतिका सर्वोच्च धरोहर, वरिष्ठ संस्कृतिविद्, कवि, नाटककार, कथाकार, निबन्धकार, नियात्राकार तथा अन्वेषक, वाङ्मय शताब्दीपुरुष भएको उल्लेख छ।
विसं १९७७ वैशाख ३० गते बखुँबहाल, ललितपुरमा माता राजकुमारीदेवी र पिता ङिशङ्करदास जोशीका पुत्ररत्नका रूपमा जन्मिएका जोशी नेपाली संस्कृति, पुरातत्व र इतिहासका अथक अन्वेषक, आधिकारिक ज्ञाता, प्रामाणिक व्याख्याताका साथै नेपाली भाषा र नेपाल भाषाका विशिष्ठ विद्वान् एवं प्रखर सर्जक थिए।
प्रतिक्रिया