भाइटिकाको उत्तम साइत सार्वजनिक

काठमाडौँ । दशै सकिएलगत्तै तिहारको रौनक शुरु भइसकेको छ । अब अर्को साताबाट तिहार शुरु हुँदैछ । यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

यस वर्षको भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको समितिले सूचनामा जनाएको छ । समितिका अनुसार भाइटिकाको उत्तम साइत यही कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा जुरेको हो।

टिका लगाउने उत्तम साइत ११ः३७ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन सकिने पनि समितिले जनाएको छ । समितिले नेपाल बाहेकका देशमा पनि कुन समयमा भाइटिका लगाउन सकिन्छ भनेर पनि जानकारी गराएको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्