+
Search

ताजा अपडेट +

पपुलर +

सेना ८६ पदकसहित शीर्ष स्थानमा

Nanu Bhatta
२०७९ आश्विन ३१, सोमबार

पोखरा। गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टोलीको दबदबा देखिएको छ।

हालसम्म छिनोफानो भएका खेलका पदकमा विभागीय टोली नेपाली सेना शीर्ष स्थानमा छ। सेनाले सुरुवातदेखि नै आफ्नो अग्रता बनाएकोमा पछिल्लो समय यसलाई फराकिलो बनाउँदै लगेको छ।

यसैगरी, विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लब १२ स्वर्ण, १६ रजत र २२ कास्यसहित ५० पदक जितेर सेनालाई पछ्याइरहेको छ। विभागीय टोली नेपाल पुलिस क्लबले ११ स्वर्ण, सात रजत र १७ कास्यपदकसहित ३५ पदक जितेर तृतीय स्थानमा रहेको छ।

बागमती प्रदेश पदक तालिकाको चौथो स्थानमा छ। बागमती प्रदेशले १० स्वर्ण, १६ रजत र १० कास्यसहित ३६ पदक जितेको छ।

प्रतिक्रिया

लेखकको बारेमा