मानवशास्त्री ओम गुरुङको निधन

काठमाडौँ । मानवशास्त्री ओम गुरुङको निधन भएको छ । गुरुङको हरिसिद्दि क्यान्सर अस्पतालमा उपचारका क्रममा ७० वर्षे गुरुङको सोमबार निधन भएको हो । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेका गुरुङ हाल नेकपा क्रन्तिकारी माओवादीको सल्लाहकार समितिको अध्यक्ष समेत थिए ।

उनी त्रिवि समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख रहेका बेला नेपालको सामाजिक समावेशीकरण सम्बन्धी विस्तृत किताब सोसल इन्क्लुजन एटलस अफ नेपाल सार्वजनिक भएको थियो । विदेशमा रहेका सन्तानहरु नआइपुगुन्जेल गुरुङको शव पाटन अस्पतालमा राखिने निकटस्थले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्