Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

भैरहवाको बाल सुधारगृहबाट भागे ५ जना किशोर

Nanu Bhatta
२०७९ आश्विन ३१, सोमबार

काठमाडौँ । रुपन्देहीको भैरहवामा रहेका बाल सुधारगृहबाट सोमबार ५ जना किशोरहरू भागेका छन् । विभिन्न मुद्दाका ती किशोरहरू सुधारगृहको झ्याल तोडेर गत राति तीन बजे भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले दिएको जानकारी अनुसार रुपन्देहीका एक, पश्चिम नवलपरासीका तीन र स्याङ्जाका एक गरी पाँच जना किशोरहरू भागेका हुन् ।

उनीहरूमध्ये तीन जना जबरजस्ती करणी, एकजना चोरी र एक जना लागु औषध मुद्दा अभियोग प्रमाणित भएर सुधार गृहमा राखिएको थियो । १८ वर्ष नपुगेकालाई बाल सुधारगृहमा राख्ने गरिन्छ । बाल सुधार गृहमा क्षमताभन्दा धेरै राखिएको भन्दै यसअघि बाल सुधारगृहका बन्दीले विरोध जनाएका थिए । भागेका किशोरहरूको तीव्र रूपमा खोजी कार्य भइरहेको प्रहरी प्रमुख रेग्मीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा