काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब पुरुष फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार दिउँसो भएको पुरुष फुटबल प्रतियोगिताको समूह ९बी०को खेलमा एपीएफले बागमती प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
पोखराको लामाचौरस्थित खेल मैदानमा भएको प्रतियोगितामा बागमतीले शुरुवाती अग्रता जोगाउन नसक्दा पराजय व्यहोर्नुपरेको हो। पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमै अभिषेक रिजालले गोल गर्दै बागमतीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर दोस्रो हाफ भने बागमतीको पक्षमा रहेन।
खेलको ६५औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई खेलमा फर्काए। त्यसको एक मिनेटपछि ७६औं मिनेटमा नवीन लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाए। लामाले दोस्रो हाफको इन्ज्युरी समयमा थप एक गोल गर्दै एपीएफको जित सुनिश्चित गरे।
प्रतिक्रिया