स्वतन्त्र उम्मेदवार राजेन्द्र बुर्लाकोटीले निस्कृय बनाए आफ्नो उम्मेदवारी, समर्थन गठबन्धनलाई

काठमाडौँ । चितवन क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निस्कृय बनाएका छन्। उनले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्कृय बनाएका हुन्।

आज बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलपछि बुर्लाकोटीले उम्मेदवारी निस्कृय बनाएका हुन्। उम्मेदवारी फिर्ता लिने समय सकिएकोले उनले उम्मेदवारी निस्कृय बनाएका छन्। आफू स्वतन्त्र उम्मेदवार बनिरहन नसकेको र पार्टीले सम्मानजनक भूमिका दिने विश्वास दिलाएकोले उम्मेदवारी निस्कृय पारेको बुर्लाकोटीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्