सल्यान । अरिंगालले चिल्दा सल्यानमा आमाछोरीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका १ हामफालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकीको मृत्यु भएको हो ।
उपचारका लागि लैजाने क्रममा दुवै जनाको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।
उनका अनुसार घरभन्दा एक घन्टा टाढाको दुरीमा रहेको खेतमा धान काटेर घरतिर फर्कंदै गरेको समयमा सोमबार बेलुकी शोभा बस्नेत बुढाथोकी, उनकी छोरी प्राप्ति बुढाथोकी र शोभाका काका २१ वर्षीय नवीन बस्नेतलाई धेरै अरिंगालले शरीरका विभिन्न भागमा चिलेका थिए ।
मृतक बालिकालाई अहिले जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टमका लागि ल्याइएको र आमा शोभालाई कोहलपुरबाट ल्याउने तैयारी भइरहेको उनले जानकारी दिए ।
जिल्लामा अरिंगालले चिलेकालाई आईसियु तथा भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्नेमा त्यो सम्भव नभएकाले बर्सेनि धेरैले ज्यान गुमाउँदै आएको र यो आरवको अहिलेसम्म चाररपाँच जनाले ज्यान गुमाइसकेको उनको भनाइ छ ।
प्रतिक्रिया