+
Search

ताजा अपडेट +

पपुलर +

मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवारहरू मतदातासँग मत माग्न व्यस्त

अरुणा ढकाल
२०७९ कार्तिक १, मंगलवार

हेटौँडा । मङ्सिर ४ मा हुने निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू मतदातासँग मत माग्न व्यस्त भएका छन् । प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चार क्षेत्र रहेको मकवानपुरमा चुनावी सरगर्मी बढेको छ । मकवानपुर क्षेत्र नम्बर १ मा दुई स्वतन्त्रसहित १६ जना र क्षेत्र नम्बर २ मा १ स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लामा एक पटक पनि पराजित नभएकादेखि पटकपटक हार ब्यहोरेका नेता यसपटकको प्रतिस्पर्धामा छन् ।यसपटक प्रतिनिधि सभातर्फ मकवानपुर १ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

यहाँ सत्ता गठबन्धनबाट काँग्रेस नेता महालक्ष्मी उपाध्याय डिना, एमाले र राप्रपा नेपालका साझा उम्मेदवारका रुपमा कमल थापा र राप्रपाका दिपकबहादुर सिंहको उम्मेदवारी छ ।

मुख्य रुपमा उपाध्याय थापा र सिंहबिच नै प्रतिस्पर्धा हुने देखिन्छ । सत्ता गठबन्धनको साथ मात्र नभएर राष्ट्रिय राजनीतिमा आफ्नो बलियो र प्रभावकारी भूमिकाका कारण आपूmले निर्वाचन जित्ने काँग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय बताउनुहुन्छ ।

राष्ट्रिय राजनीतिका चतुर खेलाडी मानिने कमल थापा यस पटक नेकपा एमालेको चुनाव चिन्ह लिएर चुनावी मैदानमा हुनुहुन्छ । यो अवस्थालाई कतिपयले असहज भनेपनि उनले भने एमालेकै आग्रहमा आपूmले एमालेसँग सहकार्य गरेर उम्मेदवार बनेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल