
सानिमा माई हाइड्रोपावरको ११औं वार्षिक साधारण सभा बुधवार
काठमाडौँ । सानिमा माई हाइड्रोपावर लिमिटेडले ११ औं वार्षिक साधारण सभा बुधवार अर्थात् कात्तिक २ गते गर्ने भएको छ । कम्पनीले सभा स्मार्ट दरबार ब्याक्वेंट धुम्बाराही, काठमाडौंमा गर्ने जानकारी दिएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७८/ ७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/ ८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज १२ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा असोज ११ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
