
विदेश कार्यक्रमका लागि नेपथ्य दुबई जाने
काठमाडौं । कोरोना महामारीपछि पहिलो विदेश कार्यक्रमका लागि यात्रा गर्नका निम्ति नेपथ्य दुबई जाने भएको छ।
आगामी नोभेम्बर ६ तारिख ९कात्तिक २० गते० ब्याण्डले दुबई शहरमा तेश्रो पटक प्रस्तुति दिन लागेको हो। चाडबाडको बेलामा आफन्तबाट हजारौं किलोमिटर पर रहेका नेपालीहरूका लागि दशैं, तिहार र छठको समेत संगीत मय कोसेली बोकेर ब्याण्ड त्यसतर्फ जान लागेको हो।
विश्व बजारकै महत्वपूर्ण थलो बन्दै गइरहेको दुबई शहर नेपाली कामदारको प्रमुख गन्तब्य मुलुक मध्येको युनाइटेड अरब इमिरेट्सको ब्यापारिक केन्द्र पनि हो। यस शहरमा आयोजित अघिल्ला कन्सर्टहरूको बेला अन्य शहरहरु विशेषगरि अबुधाबी, सारजहाँ र रासअल खेमाबाट पनि नेपाली दर्शक उल्लेख्य संख्यामा उपस्थित भएका थिए। अघिल्ला पटक झैं यसपाली पनि दुबईस्थित ‘अल नासेर लिजरल्याण्ड’ मै ब्याण्ड प्रस्तुत हुँदैछ।
