नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत रमितालको स्वर्ण जित

काठमाडौं ।एथलेटिक्स ४ सय मिटर दौडमा एपिएफकी रमिताकुमारी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।

मंगलबार पोखरा रंगशालामा महिलातर्फ रमिताले ह्यान्ड टाइममा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्दा निर्धारित दूरी ५८।१० सेकेन्डमा पूरा गरिन् । रमिताको राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण पदक हो ।

रमिताले दिलमाया कार्कीको नाममा रहेको ५८।५० सेकेन्डको ह्यान्ड टाइमको कीर्तिमान तोडिन् । आर्मीकी निर्मला थापाले रजत जितिन् भने एपिएफकी कल्पना श्रेष्ठले कास्य पदक हात पारिन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्