काठमाण्डौ । नेपाल युरोपेली युनियन चलचित्र महोत्सव’को आयोजना हुने भएको छ । नेपालमा अवस्थित युरोपियन युनियनको डेलिगेशनले ११औँ ‘चलचित्र महोत्सव’को आयोजना हुने भएको हो ।विकास बोर्डमा हुन लागेको महोत्सव कार्तिक ११ देखि १५ गते मात्र ५ दिन सम्म चल्नेछ । यसै गरी
नोभेम्बर ५ देखि ८ सम्म अर्थात् कार्तिक १९ देखि २२ गतेसम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा महोत्सव आयोजना गरीने छ ।
नेपालबाट अस्कार अवार्डका लागि सिफारिस भएको ‘ऐना झ्यालको पुतली’सँगै ‘येट अनदर विन्टर’ र ‘गोर्खा गल्र्स्’ नेपाली फिल्म महोत्सवमा प्रदर्शन हुनेछ । साथै युरोपका १३ फिल्मका साथै ३ नेपाली फिल्म प्रस्तुत गरीने छ । महोत्सवको ओपनिङ्ग फिल्म ‘गड्स् अफ मोलेन्बीक’बाट हुनेछ । महोत्सव अन्तर्गत फिल्म र फिल्म निर्माणका विभिन्न पक्षहरूसँग अन्तरक्रिया पनि आयोजना हुने युरोपियन युनियनले जानकारी गराएको छ ।
१३ युरोपियन फिल्ममध्ये रिता हुतानेनले निर्देशन गरेको ‘गड्स् अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ र आराश टी। रिहाहीले निर्देशन गरेको ‘अस्कर एन्ड लिली’मा नेपाली सब्टाईटल हुने छन् ।
नेपाल युरोपेली युनियन चलचित्र महोत्सव आयोजना हुँदै
२०७९ कार्तिक १, मंगलवार
प्रतिक्रिया