३० दिनभित्र व्यवसाय दर्ता गर्न काठमाडौं महानगरको अल्टिमेटम

काठमाडौं। काठमाडौं महानगरपालिकाले व्यवसाय दर्ता नगरी सञ्चालन गरिरहेका व्यवसायीहरुलाई कडाइ गर्ने भएको छ।

महानगरले मंगलबार सूचना जारी गर्दै संघ र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरुले महानगरमा व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको भन्दै दर्ता गर्न ताकेता गरेको छ। दर्ता गर्न महानगरले त्यस्ता व्यवसायीहरुलाई ३० दिनको अल्टिमेटम दिएको छ।

‘महानगरपालिकाको अनुगमनको क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा ९ ग बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिनेछ,’ सूचनामा उल्लेख छ।

यस्तै, महानगरले आर्थिक ऐन, २०७९ को अनुसूची ७ को बुँदा नं ३ बमोजिम आर्थिक वर्ष २०७२र७३ लाई आधार वर्षका रुपमा लिएर व्यवसाय कर असुली गरिने जनाएको छ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्