काठमाडौं । चाहे स्टेज होस् या रेकर्डिङ स्टुडियोमा, पछिल्लो समय अत्याधिक व्यस्त हुने गायिका हुन् रचना रिमाल। नेपाल आइडलबाट चर्चामा आएकी रचनाको लोकप्रियताको ग्राह दिनप्रतिदिन बढ्दो छ।
उनको सामाजिक संजाल फेसबुक अकाउन्ट चेक गर्ने हो भने दिनहुँ कुनै न कुनै ठाउँको स्टेज कार्यक्रमका तस्वीर र स्टेज कार्यक्रम हुने मिति भेट्न सकिन्छ।त्यति मात्र होइन, रचनाले आफुले गाएका गीतहरू पनि सेयर गर्दै फेसबुकबाटै दर्शक स्रोतालाई जानकारी गराउने गर्छिन्। हाल पछिल्लो केही हप्तायता रचना चलचित्र ‘महापुरुष’को प्रोमोसनमा व्यस्त भइन् ।
चलचित्रको निर्माण टिमले देशका मुख्य शहरमा प्रोमोस्नल कार्यक्रम आयोजना गरेको थियो।जुन प्रोमोसन कार्यक्रममा चलचित्रका कलाकार टिनसंग अन्य बाहीरी कलाकारहरु पनि सहभागी थिए। जसमा रचना पनि थिइन् ।
उनी पनि ‘महापुरुष’को प्रोमोसनमा सहभागी कलाकार थिए। पोखरामा आफ्नो प्रस्तुति दिनेक्रममा ‘रचनाजिले टिकटक चलाएर इज्जत बेच्नुभयो। बेच्न भनेपछि उहाँ माहिर हो है’ भनेर हास्यव्यंग्य विकाशले गरेका थिए।
जुन व्यंग्य आफुलाई चित्त नबुझेको र टिकटक चलाउँदैमा इज्जत नजाने कुरा स्टेजबाट बोल्दै भावुक मुद्रामा रुँदै रचना स्टेजबाट निस्किएकी थिइन् । रुँदै रचना निस्किएपछि माहोल एकछिन भावुक बनेको थियो।
प्रतिक्रिया