+
Search

ताजा अपडेट +

पपुलर +

व्यवस्थापनविना सुकुम्बासीका घर टहरा भत्काउन हुँदैन : गृहमन्त्री खाण

Nanu Bhatta
२०७९ कार्तिक १, मंगलवार

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाणले उपर्युक्त विकल्प र व्यवस्थापन बिना सुकुम्बासी नागरिकहरूका घर टहरा भत्काउन नहुने बताएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाणले बुटवल उपमहानगरपालिका(१६ मा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै सुकुम्बासीहरूलाई विकल्प दिएर मात्रै सार्नुपर्ने बताएका हुन्।

"अहिले जस्तो अवस्थामा बसेका छन्, उनीहरू त्यस्तै अवस्थामा बस्न पाउनु पर्छ। " रुपन्देही- ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका खाणले भने, उनीहरूलाई बसोबास गरेको स्थानबाट सार्नै पर्ने अवस्था आएमा उपयुक्त विकल्प दिएर, त्यो विकल्पमा व्यवस्थापन गरेर मात्रै सार्नुपर्छ।"

अहिले मुलुकभरका केही स्थानीय तहले विकल्पविना सुकुम्बासीका घर टहरा भत्काएपछि गृहमन्त्री खाणको यस्तो धारणा आएको हो। उनले आफूले गृह प्रशासनलाई घर टहरा भत्काउने अन्य सरकारी निकायको कार्यमा सहभागी नहुन निर्देशन दिइसकेको बताए। गृहमन्त्री खाणले इतिहास र भूमिका नभएका राजनीतिक दल र ती दलमा आवद्ध नेताबारे टिकाटिप्पणी गर्नुको औचित्य नभएको दाबी गरे।

बुटवलको सेमलारमा कृषि थोक बजार केन्द्र आयोजना अहिले सरकारको नीति तथा कार्यक्रम र बजेटमा परेको भन्दै उनले त्यो आयोजना पूरा गरेर भरपूर फाइदा लिनुपर्ने बताए। आयोजना पूरा भएमा रुपन्देहीमा उत्पादित कृषि उपज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हवाइजहाजबाट राजधानी र विदेशमा पठाउन सकिने उनको भनाई छ।

प्रतिक्रिया

लेखकको बारेमा