काठमाडौँ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मगंलबार बिहान पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा जलेश्वर नगरपालिका वडा नं. २ बस्ने सञ्जय ठाकुरको १३ वर्षीय छोरा अंकित ठाकुर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, महोत्तरीकाअनुसार अस्पताल चोक नजिकै रहेको पोखरीमा बिहान नुहाउन गएका अंकित एक्कासी पोखरीमा डुबेको थियो । उनलाई तत्कालै पोखरीबाट निकालेर प्रादेशिक अस्पताल जलेश्वर पु¥याइएको थियो ।
अस्पताल पु¥याउनुभन्दा अगाडि नै उनको मृत्यु भइसकेको जनाइएको छ । जलेश्वरमा रहेको सिमबायोसिस स्कुलको कक्षा ६ मा अध्ययनरत अंकित पढ्नमा सिपालु र जेहनदार छात्रको रुपमा चिनिएका थिए । उनको शवलाई पोष्टमार्टम् गरी परिवारजनको जिम्मा लगाइएको छ ।
प्रतिक्रिया