चलचित्र ‘नाईं नभन्नू ल ६’मा निखिलका छोरा अभिनय गर्दै

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता निखिल उप्रेतीका छोरा चलचित्रमा डेब्यु गर्ने भएका छन् । उनका छोरा अथर्व उप्रेती चलचित्र ‘नाईं नभन्नू ल ६’ बाट चलचित्रमा डेब्यु गर्न लागेका हुन् । अथर्वले चलचित्रमा बाल्यकालको भूमिका निभाउँनेछन् । यस्तै यस चलचित्रमा आँचल शर्माको पनि मुख्य भुमिका रहने भएको छ ।

विकासराज आचार्यको निर्देशनमा बन्ने यस चलचित्रको छायांकन बिहीबारबाट शुरु हुने बताइएको छ । यसअघिको नाईं नभन्नू ल को श्रृखंलामा बाल कलाकारको भूमिका अनुभव रेग्मीले निभाएका थिए ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्