+
Search

ताजा अपडेट +

पपुलर +

गठबन्धनलाई सघाउन देवि बुर्लाकोटिले गरिन् उमेद्वारी निष्क्रिय

Nanu Bhatta
२०७९ कार्तिक १, मंगलवार

काठमाडौँ । नेपाली काङ्ग्रेसका महासमिती सदस्य तथा नेतृ देवि पाण्डे ( बुर्लाकोटि) ले आफ्नो उमेद्वारी निष्क्रिय गराएकी छिन् । धादिङ क्षेत्र नम्बर २ (ख) बाट बाग्मती प्रदेश सभा सदस्यमा उमेद्वारी दिएकि पाण्डेले सामाजिक संजालमा प्रेस बिज्ञप्ति जारी गर्दै आफ्नो उमेद्वारी निष्क्रिय गराएको घोषणा गरेकी हुन् । सत्तारुढ गठबन्धनले नेकपा ( माओवादी ) का नेता जगत सिंखडालाई बाग्मती  प्रदेश सभा सदस्य उमेद्वार बनाएपछी उनले गठबन्धनको बिरुद्धमा स्वतन्त्र उमेद्वार दिएकी थिइन् ।

कांग्रेसले गठबन्धनका विरुद्धमा उम्मेदवारी दिएका नेतालाई फिर्ता लिन निर्देशन दिएको थियो। तोकिएको समयमा उम्मेदवारी फिर्ता नलिनेलाई कात्तिक ४ गतेसम्म निष्क्रिय बनाउन समय दिएको छ।

पार्टिले उमेद्वार चयन प्रक्रियामा आफुलाई अन्याय भएको महसुस सहित आफुले स्वतन्त्र उमेद्वारी दिएको र पछि गठवन्धन गरेर जानुपर्ने बाध्यताबिच चाहेर पनि कतिपय निर्णय अनुकुल हुन नसक्ने परिस्थितिलाई आत्मसाथ गर्दै नेपाली काङ्ग्रेस पार्टी प्रतिको आफ्नो आस्था मजबुत बनाउने संकल्पका साथ निष्क्रिय पारेको उनले बताइन् ।

'अब म झनै क्रियाशिलताका साथ पार्टी र गठबन्धनका उमेद्वारहरुलाई बिजयी गराउने अभियानमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।' उनले भनिन्  सोमबार बेलुका बालुवाटारमा प्रधानमन्त्री संग भएको भेटवार्ता पछि टुटेर भन्दा पनि जुटेर पार्टीलाई मजबुत बनाउनुपर्छ भन्ने निर्णयमा पुगेको उनी बताउँछिन् ।

May be an image of text

प्रतिक्रिया

लेखकको बारेमा