Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री देउवासँग ‘लाइभ डिबेट’ गर्न तयार केपी ओली

Nanu Bhatta
२०७९ कार्तिक १, मंगलवार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘लाइभ डिबेट’ गर्न तयार रहेको जनाएका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै ओलीले एजेन्डामा आधारित बहसका लागि आफू तयार रहेको जनाएका छन् । उनले देउवा बहसका लागि तयार रहेरनरहेकोबारे प्रश्न पनि गरेका छन् ।

उनले फेसबूकमा लेखेका छन्, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले ‘लाइभ डिबेट’मा आउन आग्रह गर्नुभएको छ । धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनुभएको छ । निर्वाचनको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि र?’

प्रतिक्रिया

लेखकको बारेमा