
यो चुनाव पछि हुने सरकार गठबन्धकै हो : प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को चुनावपछि पनि गठबन्धनकै सरकारले निरन्तरता पाउने दाबी गरेका छन्।
मंगलबार लतिलपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्र्दै दाहालले चार दलीय गठबन्धन चुनावसम्मका लागि मात्रै नभइ त्यसपछिको सरकारको निरन्तरताका लागि पनि भएको उल्लेख गरे।दाहालले भने, ‘राजावादीहरु कस्ता भाषा बोल्नेरु त्यहाँ कस्ता खालको गठबन्धन छरु हाम्रो गठबन्धन भनेको संविधानको रक्षा गर्नु हो, देशको रक्षा गर्नुे उद्देश्यले बनाइएको हो। यो गठबन्धन बनाउन हामी सबैको योगदान छ।’
उनले शान्ति सम्झौतासँगै दलहरुको सहकार्य सुरु भएको उल्लेख गर्दैै २०४६ सालको जनआन्दोलनलाई स्मरण गरे। ‘निरंकुशताविरुद्ध १२ बुँदे सहमति गरौँ। सहमति हुने गर्दै गर्दा त्यो बेला पनि नेपालमा गणतन्त्र, संघीयता नेपालमा सम्भव छैन भन्ने पनि थियो। बयलगाढ चढेर अमेरिका जानु भन्ने थियो, दाहालले भने।
