
स्पेनले २१ भारतीय खेलाडीलाई भिसा दिएन
काठमाडौं । भारतस्थित स्पेनी दूतावासले २१ भारतीय कुस्ती खेलाडीलाई भिसा दिन अस्वीकार गरेको छ । यी सबै पहलवान पोन्टेभेद्रामा आयोजना हुने अन्डर २३ विश्व कुस्ती च्याम्पियनसिपमा सहभागी हुने थिए ।
दूतावासले भिसाको म्याद पूरा भइसकेपछि पनि खेलाडीहरूले देश नछाड्ने आशङ्काका कारण यी भिसा आवेदनहरू खारेज गरेको हो।
समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय कुस्ती महासंघ डब्लुएफआईले सोमबारदेखि सुरु हुने च्याम्पियनसिपका लागि ३० सदस्यीय टोली छनोट गरेको थियो तर नौ खेलाडीलाई मात्रै भिसा दिइयो ।
च्याम्पियनसिपमा जान नपाउने भारतीय पहलवानहरूमा यू(२० महिला विश्व च्याम्पियन अन्तिम पङ्घल पनि छिन् ।
