+
Search

ताजा अपडेट +

पपुलर +

भारतले पाकिस्तानमा एसिया कप नखेल्ने

Nanu Bhatta
२०७९ कार्तिक १, मंगलवार

काठमाडौं । भारतले पाकिस्तानमा एसिया कप भए नखेल्ने जनाएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईका सचिव तथा एसियन क्रिकेट काउन्सिलका अध्यक्ष जय शाहले सन् २०२३ मा हुने एसिया कपका लागि भारत पाकिस्तान नजाने बताए ।बीसीसीआईको वार्षिक साधारणसभामा त्यस विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । एसीसी अध्यक्ष शाहले एसिया कप तटस्थ मैदानमा आयोजना हुनसक्ने बताए ।

‘एसिया कप तटस्थ मैदानमा आयोजना हुनेछ । म एसीसी अध्यक्षका रुपमा यो कुरा भनिरहेको छु । भारत पाकिस्तान जान सक्दैन । पाकिस्तान भारत आउन सक्दैन । विगतमा एसिया कप तटस्थ मैदानमा आयोजना हुने गरेको थियो’, शाहले भने ।

भारतले सन् २००६ यता पाकिस्तानमा खेलेको छैन । सन् २०१२ देखि यी दुई टोलीबीच दुई देशीय शृंख‌ला पनि आयोजना भएको छैन । उनीहरुले आईसीसी र एसीसीका प्रतियोगितामा मात्र भिडन्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा