काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा र आर्थिक समृद्धि गर्न सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरेका छन् ।
उनले पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् भंग गरेर संविधान मिच्ने काम गरेको बताए । उनले आवधिक निर्वाचनको चक्रलाई समेत ओलीले मिच्न खोजेको आरोप लगाएका थिए ।
सत्ता गठबन्धनले ललितपुरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले ओलीले रातारात संसद् विघटन गरेको बताए ।
‘जनताले चुनेको संसद्लाई मन परी गरेर भंग गर्न मिल्दैन, यो यो अवस्थामा बाहेक संसद् भंग गर्न पाइँदैन भन्ने व्यवस्था हामीले गरेका थियौँ, राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गर्नेहरु छन्,’ उनले भने, ‘त्यही काम बिहान ६(७ गरेको भए के हुन्थ्यो रु लहडमा भंग गरिदिनु भयो, लहडमा त उहाँले के गर्नु हुन्छ, के गर्नु हुन्न के थाहा ?
प्रतिक्रिया