चुनावविरोधी पर्चा बाँड्ने नेकपाका दुई नेता पक्राउ

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन बहिस्कार गरेको नेकपा बहुमतका दुईजना नेता हेटौंडाबाट पक्राउ परेका छन् । चुनाव बहिस्कारको पर्चा वितरण तथा भित्तेलेखन गर्दैगर्दा बहुमतका मकवानपुर इन्चार्ज ध्रुव खड्का र जिल्ला संयोजक विक्रम मगरलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

चुनावविरोधी गतिविधि गरिरहेको पाइएपछि दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्