+
Search

ताजा अपडेट +

पपुलर +

कसैको दम्भ र अहंकारबाट देश चल्न सक्दैनः कुँवर

Nanu Bhatta
२०७९ कार्तिक १, मंगलवार

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले पार्टी र देश कसैको दम्भ र अहंकारबाट चल्न नसक्ने बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले पार्टी र देश कसैको दम्भ र अहंकारबाट चल्न नसक्ने भन्दै पार्टी र देश सहकार्य, शालिनता र एकअर्काको अस्तित्व स्वीकारबाट मात्र चल्ने बताए।

सत्ता गठबन्धनबाट अछाम क्षेत्र नम्बर १ का साझा उम्मेदवार रहेका मन्त्री कुँवरले कस्ता उम्मेदवारले अछामी जनताको प्रतिनिधित्व गर्न सक्छन् भन्ने कुरा जनतालाई थाहा भएकाले अछामी जनताले गठबन्धनलाई मत दिने विश्वास व्यक्त गरे। त्यस्तै उनले भीम रावल राष्ट्रिय नेता तथा अछामी जनताको अभिभावकसमेत रहेकाले एमालेले टिकट नदिएर सही वा गलत गर्‍यो भन्ने कुरा जनताले फैसला गर्ने बताए।

प्रतिक्रिया

लेखकको बारेमा