तरुण दलका धादिङका उपाध्यक्ष राधे भण्डारी पक्राउ

काठमाडौँ । गुण्डागर्दी र अपराधकर्ममा संलग्न रहेको आरोपमा प्रहरीको निगरानीमा रहँदै आएका ‘राधे’ भनिने राधाकृष्ण भण्डारी धादिङबेँसीबाट पक्राउ परेका छन् । तरुण दल धादिङका उपसभापतिसमेत रहेका गुण्डा नाइके राधेलाई धादिङको बीच बजारमा बुधबार दिउँसो भीम गुरुङमाथि तरबार हमला गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राधे समूहले मंगलबार दिउँसो धादिङ्बेँसीको बीचबजारमा तरबारले गुरुङमाथि हमला गरेको हो । गुरुङ धादिङबेँसी सिरानबजारका बासिन्दा हुन् । घाइते गुरुङको जिल्ला अस्पतालमा उपचार हुँदैछ । गुरुङ पनि कांग्रेस समर्थक हुन् ।

यसअघि पनि राधेलाई प्रहरीले नक्कली नोट, लागुऔषध र हातहतियारसहित पटकपटक पक्राउ गरेको थियो । उनी राजनीतिक आडमा छुट्ने गरेका छन् । राधेले भीममाथि किन तरबार हाने भन्ने खुलेको छैन ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्