Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

एमाले नेतृत्व तिक्डम गरेर बनेको हो : प्रचण्ड

Nanu Bhatta
२०७९ कार्तिक १, मंगलवार

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटकको निर्वाचनमा गोरखा क्षेत्र(२ बाट भाग लिग्दै हुनुहुन्छ। प्रचण्डले अबको देशको प्रमुख एजेण्डा विकास निर्माण र समृद्धि हुने दाबी गर्नुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं। २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘विकास निर्माण र समृद्धि नै अब हाम्रो मुख्य एजेण्डा हुनेछ । हामीले आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन सकेनौँ भने राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन सकिँदैन । स्थायित्व पनि नआउने र देश जहिले पनि निरंकुशता र अराजकताको भुमरिमा फस्ने कुरा रही नै राख्छ ।’

उक्त कार्यक्रममा बोल्दै प्रचण्डले एमालेलाई आरोप पनि लगुना भ्याएका छन् उंले भनेका छन् – ‘अहिलेको एमाले नेतृत्व तिक्डम गरेर बनेको हो। यो धेरै समय टिक्दैन। ‘

प्रतिक्रिया

लेखकको बारेमा