आज सुनको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाडौँ । बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला २०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो ।

यसअघि छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ४०० रुपैयाँ रहेको थियो भने आज घटेर ९३ हजार २०० रुपैयाँमा कारोबार हुने भएको छ । त्यस्तै, यसअघि प्रतितोला ९२ हजार ९०० रुपैयाँ रहेको तेजावी सुनलाई आज ९२ हजार ७०० रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउ पनि घटेर प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्