Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

अदालतले दियो सन्दीपलाई थप ४ दिन प्रहरी हिरासतमा राख्न अनुमति

Nanu Bhatta
२०७९ कार्तिक २, बुधबार

काठमाडौँ । नेपाली क्रिकेटका कप्तान सन्दीप लामिछानेलाई प्रहरीले हिरासतमा थप ४ दिन राख्नको लागि अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंले उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरीले ७ दिनको म्याद थपका लागि माग गरेपनि उनलाई ४ दिनको मात्रै अनुमति दिएको हो । असोज २० गते पक्राउ परेका लामिछानेलाई सार्वजनिक विदाका कारण २४ असोजमा पहिलो पटक अदालत उपस्थित गराइएको थियो । शुरूमा ७ दिन हिरासतमा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएको भन्दै दोस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति लिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा