काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटारमा भेट गरेका छन्। आफ्नो ठाउँ विकासको लागि यो भेट रहेको थियो।
लामाले चुमनुब्रीका समस्या समाधान गर्नका लागि सरकारसँग समन्वय गरिदिन आग्रह गरेका थिए। केही समयअघिको अविरल वर्षाले चुमनुब्री आवतजावत गर्ने बाटा बिग्रेका र त्यो बाटोबाट खाद्यान्न ढुवानी गर्न कठिनाई भएको कुराहरुलाई मध्यनजर गरेर सरकारले जतिसक्दो केही कदम चाल्न पर्ने आग्रह लामाले राखेका थिए।
‘चुमनुब्री क्षेत्रमा खाद्यान्न संकट भएकोले सरकारसँग समन्वय गरी तत्काल खाद्यान्न ढुवानी गर्न पहल गरिदिन अध्यक्ष प्रचण्डसँग आग्रह गरेको छु,’ उनले भने।
अध्यक्ष प्रचण्डले गृहमन्त्री बालकृष्ण खाणलाई टेलिफोन गरेर चुमनुब्रीमा खाद्यान्न व्यवस्था गर्नका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेका थियो। जतिसक्दो छिटो चुमनुब्री गाउँपालिकाका जनताहरुले समस्याहरुबाट राहत पाउने कुरामा प्रचण्डले बाचा पनि गरे।
निमा लामा र प्रचण्डको यो सार्थक रहेको निमा लामा बताउन्छन्। र अब केही स्दम्यमा नै समस्याहरुबाट राहत पाउने कुरामा लामा विश्वस्त छन्।
प्रतिक्रिया