+
Search

ताजा अपडेट +

पपुलर +

डलरको मूल्य हालसम्मकै उच्च

Nanu Bhatta
२०७९ कार्तिक २, बुधबार

काठमाडौँ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ । बुधबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३२.०८ तोकेको छ । त्यस्तै बुधबारका लागि खरिददर मूल्य १३१.४८ रुपैयाँ छ ।

विश्वका लगानीकर्ता डलर खरिदमा आकर्षित हुँदा भारतीय मुद्रासँगै नेपाली मुद्रा पनि हालसम्मकै कमजोर भएको हो । एक वर्षको अवधिमा डलरको मूल्य १२ रुपैयाँ बढेको छ । ठीक एक वर्षअघि आजकै दिन अमेरिकी डलरको बिक्रीदर मूल्य १२० रुपैयाँ ८५ पैसा तोकिएको थियो । ५ वर्षको अवधिमा भने डलरको भाउ २९ रुपैयाँ बढेको छ । डलर बढ्दा आयातित सामानको मूल्य बढ्न जान्छ । जसको प्रभावले मुलुकको ब्यापार घाटा र समग्रमा महँगी बढ्न जान्छ ।

प्रतिक्रिया

लेखकको बारेमा