निर्वाचन क्षेत्रमा जाँदा सरकारी गाडी प्रयोग नगर्न मन्त्रीहरूलाई आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका लागि निर्वाचन क्षेत्रमा जाँदा सरकारी गाडी प्रयोग नगर्न मन्त्रीहरूलाई निर्देशन दिएको छ । आयोगले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचारप्रसार गर्न जाँदा सरकारी गाडी नलैजान मन्त्रीहरूलाई बुधवार निर्देशन दिएको हो ।

आयोगले निर्देशनमा भनेको छ,‘सरकारी कामको सिलसिलामा यात्रा गर्दा बाहेक निर्वाचन प्रचार प्रसारको लागि आफ्नो निर्वाचन क्षेत्रतर्फ जाँदा समेत सरकारी साधन स्रोतको उपयोग नगर्ने ।’

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्