Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

होटेलमा सुतेका युवक मृत भेटिए

Nanu Bhatta
२०७९ कार्तिक २, बुधबार

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित एक होटलमा युवक मृत भेटिएका छन् । मंगलबार राति गल्ली नं- ४ मा रहेको रारा होटेलमा सुतेका स्थानीय २९ वर्षीय किसन साउद मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहका अनुसार तरकारीको व्यवसाय गर्ने साउद मंगलबार राति साथीसँगै होटेलको ६ नम्बर कोठामा सुतेका थिए । बिहान मृत भेटिएपछि साथीले नै मृतकका दाइलाई खबर गरेको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी शाहले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा