नवौँ राष्ट्रिय खेलकुद: एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो

काठमाण्डौ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो भएको छ । पोखरा रङ्गशालामा आज बिहान सम्पन्न खेलमा पाँच हजार मिटर महिला दौडतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन । सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाईलाई पछाडि पार्दै स्वर्णपदक जितेकी हुन् ।

सन्तोषीले निर्धारित दूरी १७ मिनेट २९ सेकेन्डमा पूरा गरिन् । स्वर्ण पदक जितेकी सन्तोषीले राष्ट्रिय कीर्तिमानको लक्ष्य राखेको भए पनि चोटको कारण पूरा गर्न नसकेको बताइन । महिला पाँच हजार मिटरमा कान्छीमाया कोजुको नाममा रहेको १६ मिनेट ४९ सेकेन्डको कीर्तिमानी छ ।

त्यसैगरी यसअघि भएको दश हजार मिटर दौडमा पनि सन्तोषीले स्वर्ण पदक जितेकी थिइन् । सोही स्पर्धामा रजत पदकमा चित्त बुझाएकी पुलिसकी खेलाडी राजपुराले १७ मिनेट १२  सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले कास्य जितिन । उनले निर्धारित दूरी १८ मिनेट ०३।०० सेकेन्डको समयमा पूरा गरिन । यसैगरी आजै भएको एथलेटिक्सको पुरुष चार सय मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारुले स्वर्ण पदक हात पारेका छन् ।

उनले निर्धारित दूरी ५३  सेकेन्ड समय खर्चदै पूरा गरे ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्