
फुपुको घर हिँडेकी दिपिकाको करेन्ट लागेर बाटोमै मृत्यु
काठमाडौँ । दैलेखमा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ । गुराँस गाउँपालिका–४ बस्ने डिल बहादुर नेपालीकी १३ वर्षीया छोरी दिपिका परियारको करेन्ट लागेर हिजो साँझ मृत्यु भएको हो ।
फुपुको घर जाने क्रममा सोही गाउँपालिका–२ गयलसेनस्थित सडकमा लत्रिएको बिजुलीको तारमा छोई करेन्ट लाग्दा उनको घटनास्थलमो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दैलेखले जनाएको छ ।
