Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

राजु गुरुङको उम्मेदवारी खारेज सम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’ मा

Nanu Bhatta
२०७९ कार्तिक २, बुधबार

काठमाडौँ । रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज सम्बन्धीमा रिटमा आज सुुनुवाइ हुन सकेन।

ब्यांकिङ कसूरमा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि गुरुङ असोज २७ गते सर्वोच्च अदालत पुगेका थिए। असोज ३० गते उनको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलाशले अल्पकालीन अन्तरिम आदेश थिएको थियो।

उनले निर्वाचन आयोगको उम्मेदवारी खारेज गर्ने निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका थिए। उनको मागअनुसार, अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न सर्वोच्चले आज दुवै पक्षलाई बोलाएको थियो।

आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा पेशी तोकिएको थियो। तर, सुनुवाइका लागि समय नपुगेपछि ‘हेर्न नभ्याइने’मा राखिएको छ।

नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार गुरुङले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका थिए। यो क्षेत्रमा नेकपा (एमाले) को तर्फबाट विष्णु पौडेल उम्मेदवार छन्।

प्रतिक्रिया

लेखकको बारेमा