+
Search

ताजा अपडेट +

पपुलर +

अस्वस्थ भनिएका ओली एमाले-राप्रपा सभामा भाग लिन धुलाबारी पुगे

Nanu Bhatta
२०७९ कार्तिक २, बुधबार

काठमाडौं । मंगलबार स्वास्थ्यमा समस्या आएर बिरामी परेका भनिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापाको दमकबाट धुलाबारी पुगेका छन्।

काठमाडौंबाट गृहजिल्ला पुगेपछि अस्वस्थ भएर मंगलबार प्रेस चौतारीले राखेको पत्रकार सम्मेलनमा सहभागी नभएका उनी बुधबार दिउँसो धुलाबारी पुगेका हुन्।

झापा क्षेत्र नम्बर १ अन्तर्गत पर्ने धुलाबारीमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त कार्यकर्ता भेला आयोजना गरेका छन्।उक्त भेलालाई सम्बोधन गर्न ओली त्यहाँ पुगेका हुन्। भेलालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सम्बोधन गरेका छन्।

झापा १ मा एमालेका अग्नि खरेललाई राप्रपाले सघाएको छ। त्यहाँ कांग्रेसबाट महामन्त्री विश्वप्रकाश शर्मा सत्ता गठबन्धनको साथ लिएर मैदानमा छन्।

प्रतिक्रिया

लेखकको बारेमा