+
Search

ताजा अपडेट +

पपुलर +

फ्रि भिसा र टिकटको आश्वासन बाँड्नेलाई कारबाही गर्न ओलीको माग

Nanu Bhatta
२०७९ कार्तिक २, बुधबार

काठमाण्डौ ।  एमाले अध्यक्ष केपी ओलीले चुनावको मुखमा फ्रि भिसा र फ्रि टिकटको आश्वासन बाँड्नेलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

झापाको धुलाबारीमा बुधबार एमाले र राप्रपाले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा ओलीले रौतहटमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका माधव नेपालले फ्रि–भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित गरेको भन्दै आपत्ति जनाउनुभएको हो ।

बारा(४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले पनि युवालाई फ्रि–भिसा र टिकटको लोभ देखाएकोमा निर्वाचन आयोगले तत्काल कारवाही गर्नुपर्ने माग गर्नुभयो।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यकर्तालाई सूर्यमा भोट नहाले ४ मंसिरपछि पार्टीमा भेट नहुने चेतावनी दिनुभयो । ‘क्षेत्र नम्बर १ मा सूर्यमा हालेको मत क्षेत्र नम्बर ३ मा हलोमा परिणत हुन्छ । अन्य क्षेत्रमा हलोमा परिणत हुन्छ,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा