काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी आचार संहिताको उल्लङ्घन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्यका भक्तपुर २ का उम्मेदवार दुर्लभ थापालाई स्पष्टीकरण सोधेको छ ।
थापाले सूर्य विनायक नगरपालिका वडा नं। २, ३, ४ र ६ का चोक र गल्ली र पोलमा आफू उम्मेदवार रहेको नेपाली कांग्रेस दलको झण्डा, फ्लेक्स प्रिन्ट राखेको र सामाजिक सञ्जालमा पोष्ट गरेको कार्य आचार संहिताविपरीत हुने भएकाले स्पष्टीकरण सोधिएको हो ।
थापालाई निर्वाचन आयोगमा वा उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयमा आफै वा आफ्नो प्रतिनिधिमार्फत २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ बमोजिम जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नु पर्ने आचरणअन्तर्गत खण्ड ९ज०मा ‘कसैको निजी घर जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिकस्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने’ व्यवस्था रहेको स्मरण गराउँदै त्यसरी विभिन्न स्थानको बाटो तथा पोलमा दलको झण्डा राखेको देखिएको हुँदा आचारसंहिता विपरीत हुने गरी उक्त कार्य किन गरिएको हो रु भनी सोधिएको छ ।
प्रतिक्रिया