बझाङमा जिप दुर्घटना : ५ को मृत्यु, ८ जना घाइते

काठमाडौँ । जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेको छ । दिउँसो ४ बजेतिर भएको दुर्घटनामा परी ८ जना घाइते भएको मष्टा गाउँपालिका वडा नं १ का अध्यक्ष रामचन्द्र रोकायाले बताए । उद्धार कार्य जारी रहेकोले घाइते र मृतकको संख्या थपिन सक्ने उनले बताए ।

जिपमा कति जना सवार थिए भन्ने एकिन भइसकेको छैन । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्