+
Search

ताजा अपडेट +

पपुलर +

माग सम्बोधन पछि नेविसंघले खोल्यो त्रिविमा लगाएको ताला

Nanu Bhatta
२०७९ कार्तिक २, बुधबार

काठमाडौँ । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयले माग सम्बोधन गरेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । नेविसंघले त्रिविको परीक्षा सञ्चालन र प्रश्नपत्रमा देखिएका त्रुटि सच्याउन र दोषीलाई कारबाही गर्न माग गर्दै आन्दोलन गर्दै आएको थियो । नेविसंघले उठाएका मागबारे सहमति भएपछि नेविसंघले त्रिवि पदाधिकारीको कार्यकक्ष र प्रशासनमा गरेको तालाबन्दी खुलाएको हो ।

वार्ता समिति र नेविसंघका प्रतिनिधिबीच त्रिविको परीक्षा प्रणाली र शैक्षिक गुणस्तर सुधार गर्ने विषयमा आठ बुँदे सहमति भएको छ । सहमतिपछि बुधबारै त्रिविमा नेविसंघले लगाएका सबै ताला खोलेर आन्दोलनका कार्यक्रम स्थगित गरिएको नेविसंघका नेता श्यामराज ओझाले जानकारी दिए ।

त्रिवि र नेविसंघबीच त्रिविका विभिन्न परीक्षाका प्रश्नपत्रमा देखिएको त्रुटिका विषयमा छानविन समिति गठन गर्ने, मानविकी संकायको परीक्षा सम्बन्धमा गठित समितिका संयोजक घनश्याम भट्टराईको प्रतिवेदनबाट दोषी देखिएका व्यक्तिहरू उपर कारवाही गर्ने, परीक्षा प्रणालीमा देखिएका त्रुटि सुधार गर्ने, शैक्षिक क्यालेण्टरलाई पूर्ण कार्यान्वयनमा ल्याउने लगायत सहमति भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा