काँग्रेसको घोषणापत्र भाडाका बुद्धिजीवीले लेखेको ओलीको आरोप

काठमाडौँ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दलहरुमाथि व्यंग गरेका छन् ।

चुनावी दौडधुपका क्रममा आफ्नै गृहजिल्ला झापामा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले गठबन्धनका दलहरुलाई कठपुतलीको संज्ञा समेत दिएका छन् ।‘वर्तमान सरकार दुई दिनको घामछाया जस्तै हो । म्यादी प्रहरीको भन्दा छोटो छ समय। मंसिर ४ आयो कि गठबन्धन सरकार गयो।’ उनले भने ।

कार्यक्रममा उनले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको प्रशंसासमेत गरेका छन् । त्यस्तै उनले काँग्रेसको घोषणापत्र भाडामा पालिएका बुद्धिजिविहरुले लेखेको आरोप पनि लगाए ।

कार्यक्रममा बोल्दै उनले भने ‘अहिले घोषणापत्र समेत भाडाका बुद्धिजीवीले लेख्दैछन्’ ओलीले भने ‘विकास के को र कसरी गर्ने भनेर हामीलाई सोधे हुन्छ बरू।’

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्