महोत्तरीमा गुडिरहेको भ्यानबाट बालक खसेपछि…..

काठमाडौं । महोत्तरीमा गुडिरहेको भ्यानबाट खसेर एक बालकको ज्यान गएको छ । बर्दिबास नगरपालिका–८, सानो किसानमा बुधबार गुडिरहेको भ्यानबाट खसेर स्थानीय सात वर्षीय पृथ्वी राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ३ च ५७५३ नम्बरको भ्यानबाट खसेर गम्भीर घाइते भएका बालकको उपचारको क्रममा स्थानीय अस्पतालमा निधन भएको हो । दुर्घटनामा संलग्न सवारी साधनका चालक फरार रहेको र खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्