काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकोटीलाई जिल्ला स्तरीय आचार संहिता अनुगमन समितिले निर्वाचन आयोग मार्फत स्पष्टिकरण सोधेको छ । असोज २९ गते गोरखाको क्षेत्र नम्बर २ पालुङटार र अजिरकोट गाउँपालिकाको भच्चेकमा तुल ब्यानर, चुनाव चिन्ह सहित निर्वाचन आचारसंहिता बिपरित गतिविधी भएको भन्दै अनुगमन समितिले स्पष्टिकरण सोधेको हो ।
असोज २९ गते स्वतन्त्र पार्टीले केन्द्रिय अध्यक्ष रबि लामिछानेको उपस्थितीमा पालुङटारमा आमसभा गरेको थियो । ‘के कति कारणले तपाईलाई कारवाही गर्नु नपर्ने हो, आचारसंहिता उलंघन गरेको होईन भन्ने आधार के हो भन्ने जवाफ पठाउन भनिएको छ’ जिल्ला स्तरीय आचारसंहिता अनुगमन अधिकृत महेन्द्रप्रसाद भण्डारीले भने ।
साथै गोरखा जिल्लामा आचारसंहिताको कडाईका साथ पालना गर्न गराउन अनुगमन र निर्देशन दिने काम भईरहेको उनले बताए । झण्डा राख्ने, तुल ब्यानर टाँग्ने काम गरेकोमा तत्काल हटाउन भनिएको र अटेर गरे स्पष्टिकरण सोध्ने गरिएको उनले जानकारी दिए । ‘हामीले आग्रह गर्छौँ भएन भने संम्बन्धीत उम्मेदवार र राजनीतिक दललाई पनि स्पष्टिकरण सोध्छौँ’ उनले भने ।
प्रतिक्रिया