Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

भक्तपुरमा एमालेले गरेको विकासले गठबन्धनका दलमा भाइव्रेसन आएको छ : महेश बस्नेत

अरुणा ढकाल
२०७९ कार्तिक ३, बिहीबार

काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एमालेको उम्मेदवार महेश बस्नेतले विगतमा नेपालमा सञ्चालनमा रहेको दर्जनौं उद्योगहरु बेच्नेले नै अहिले पुनः देशको अर्थतन्त्र ध्वस्त बनाउँदै गरेको आरोप लगाएका छन्।

नेकपा एमालेले सूर्यविनायक नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बनेसँगै अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको बताए।

‘देशको अर्थतन्त्र गिर्दो अवस्थामा रहेको छ । बैंक तथा वित्तिय संस्थाहरुले लोन दिनसक्ने अवस्था छैनन् । कार्तिकदेखी बैंकले व्यापदर समेत १८ प्र्रतिशत सम्म पुर्याउने अवस्था बनेको छ । हिजो उद्योग बेन्नेले नै अहिले देशको अर्थतन्त्र ध्वस्त बनाउँदैछन् ।’ उनले सम्बोधनको क्रममा भने।

२०५४ सालमा सूर्य उदाएको गुण्डू अब झलमल्ल हुने बस्नेतको दाबी छ। गुण्डूमा एमालेले गरेको विकासले गर्दा विपक्षीले खासै गतिविधि गर्न नसकेको दावी समेत उनले गरेका छन्।

कांग्रेस जस्तो निस्तेजको राजनीति एमालेले नगर्ने उल्लेख गर्दै उनले एमालेले लोकतान्त्रीक विधि अवलम्बन गर्ने उल्लेख गरे।

‘हामी जनतालाई कन्भिन्स गर्छौ तर विपक्षीहरु कन्फ्युज बनाउँछन् । एमालेले भक्तपुरमा गरेको विकासले गठबन्धनका दलहरुमा भाइव्रेसन गएको छ ।’ उनले भने।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल