+
Search

ताजा अपडेट +

पपुलर +

इतिहासमै कमजोर बन्यो नेपाली मुद्रा

Nanu Bhatta
२०७९ कार्तिक ३, बिहीबार

काठमाडौँ । नेपाली मुद्रा इतिहासमै कमजोर बनेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलरको भाउ उच्च बिन्दुमा पुगेको हो । अमेरिकी डलरको मूल्य लगातार बढेसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको छ।

नेपाली मुद्रा र भारतीय मुद्राबीच विनिमयदर स्थिर रहेको छ । अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको हो ।

राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ५४ पैसा र बिक्रीमा १३३ रुपैयाँ १४ पैसा, युरोपियन युरो एकको खरिददर १२९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३० रुपैयाँ २४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८३ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३० पैसा र बिक्रीदर ९६ रुपैयाँ ७४ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९३ रुपैयाँ १० पैसा र बिक्रीदर ९३ रुपैयाँ ५२ पैसा रहेको छ ।

त्यस्तै, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८६ पैसा र बिक्रीमा ८ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ २७ पैसा र बिक्रीमा ९ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४२७ रुपैयाँ १२ पैसा र बिक्रीदर ४२९ रुपैयाँ ०५ पैसा र बहराइन दिनार एकको खरिदमा ३५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ०३ पैसा रहेको छ ।

अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमासमेत नकारात्मक असर पर्ने देखिन्छ । डलरको मूल्य बढ्दा विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ ।

मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ । कोरोनाका कारण पर्यटकको आवागमनसमेत उल्लेख्य मात्रामा वृद्धि हुन नसक्दा डलरको मूल्यवृद्धिले थप सङ्कट पैदा गर्नेछ । भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामासमेत पर्न गएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा