काठमाण्डौ । नवौँ राष्ट्रिय खेलकुदको औपचारिक समापनसँगै बिहीबार कर्णाली प्रदेशलाई १० औँ राष्ट्रिय खेलकुदका लागि झन्डा हस्तान्तरण गरिँदैछ।
बुधबार राति बसेको राष्ट्रिय खेलकुद परिषद राखेप को बोर्ड बैठकले कर्णालीमा २०८१ को राष्ट्रिय खेल गर्नका लागि स्वीकृत दिए पनि प्रतियोगिताको मितिको टुंगो बिहीबार बिहान लाग्ने कर्णाली प्रदेशका सदस्यसचिव विश्वमित्र सञ्जेलले जानकारी दिए।
उनले भने, ‘हामीले मंसिर पहिलो साताका लागि प्रस्ताव गरेका छौँ। बिहीबार विहान फाइनल हुन्छ।’
११ औँ राष्ट्रिय खेलकुदका लागि भने मधेस प्रदेश र कर्णालीले लिखित दावी गरेको र त्यसको निर्णय भने खेलपछि बस्ने समीक्षा बैठकमा गरिने सञ्जेलले जानकारी दिए।
बैठकले प्याराग्लाइडिङ खेलका क्रममा ज्यान गुमाएका निसिम थापाको पोखरा रंगशालामा अर्धकदको सालिक बनाउने निर्णयपनि गरेको छ। साथै सरकार समक्ष उनलाई आवश्यक रकम क्षतिपूर्तिका लागि सिफारिस गर्ने निर्णय पनि बोर्ड बैठकले गरेको छ।
प्रतिक्रिया