+
Search

ताजा अपडेट +

पपुलर +

५ प्रतिस्पर्धामा भाग लिएकी जयरानीले जितिन् ५ स्वर्ण

Nanu Bhatta
२०७९ कार्तिक ३, बिहीबार
काठमाडौँ । नेपाल आर्मीको जयरानी थारुले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँचौं स्वर्ण जितेकी छिन् । उनी सम्मिलित आर्मीको टिमले महिला ४ गुणा ४०० रिलेमा स्वर्ण जितेसँगै उनको पदक संख्या ५ पुगेको छ । ५ स्पर्धामा भाग लिएको जयरानीले सबै ५ स्पर्धामै स्वर्ण जितिन् । समध्ये उनले ३ वटा स्पर्धामा राष्ट्रिय कीर्तिमानसमेत बनाइन् । जयरानीसहित सरस्वती भट्टराई, निर्मला थापा र कसेली चौधरी सम्मिलित आर्मीले ४ मिनेट ०२।७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेको हो । पाँचौं स्वर्ण जित्ने क्रममा जयरानीसहितको आर्मी टिम भाग्यमानी सावित भइन् । कारण यो स्पर्धामा एपीएफ पहिलो भए पनि लेन परिवर्तन गरेका कारण अयोग्य घोषित हुँदा आर्मीले स्वर्ण जितेको हो । निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारु सम्मिलित लुम्बिनीले ४ मिनेट १४.८० सेकेन्डको समय निकाल्दै रजत पदक जितेको छ । सन्तोषी श्रेष्ठ, अञ्जु खड्का, रजिना दुलाल र स्वागत खाइजु, सम्मिलित बागमती प्रदेशले ४ मिनेट २२.७९ सेकेन्डको समय निकाल्दै कांस्य जितेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा