+
Search

ताजा अपडेट +

पपुलर +

एनआईसी एशिया बैंकको सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त

Nanu Bhatta
२०७९ कार्तिक ३, बिहीबार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका केशवप्रसाद लम्साल यस एन आई सी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको कात्तिक २ गते बसेको ५७१ औं बैंठकले सोही दिनदेखि लागू हुने गरी उनलाई उक्त पदमा नियुक्ती गरेको हो ।

नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएका छन् । अर्थशास्त्र एवं बिजनेस एडमिनिस्ट्रेसन स्नातकोत्तरसम्म अध्ययन गरेका उनी राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएका थिए ।

बैंकको शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएको अवसरमा लम्साललाई उनको सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गरे ।

प्रतिक्रिया

लेखकको बारेमा